Shittalpati
पाल्पामा कोरोनाबाट थप एकको मृत्यु

पाल्पा, जिल्लामा कोरोनाबाट थप एकको मृत्यु भएको छ । तानसेन नगरपालिका ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार ति पुरुषको घरमै मृत्यु भएको हो । मृतक पुरुषको किड्नीमा समस्या रहेको बताइएको छ । उनको गत मंगलबार पिसीआर परीक्षण गरिएकोमा बुधबार पोजेटीभ रिपोर्ट आएको थियो । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

हालसम्म माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ७ जना, तिनाउ गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । पाल्पामा अहिलेसम्म १ हजार ९ सय ७३ संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा ५ सय ६४ जना महिला र एक हजार ४ सय ९ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update