पाल्पा कारागारमा कैदीले झुण्डिए आत्महत्या गरे
पाल्पा, जिल्ला कारागार पाल्पाका एक कैदीले झुण्डिएर आत्महत्या गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–७ का ३० वर्षीय किसान गुरुङले आइतबार राति कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
पाल्पा, जिल्ला कारागार पाल्पाका एक कैदीले झुण्डिएर आत्महत्या गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–७ का ३० वर्षीय किसान गुरुङले आइतबार राति कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
शौचालयको भेन्टिलेटरमा पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको कारागारकी प्रमुख भक्तिसरा रानाले बताइन् । उनका अनुसार सोमबार बिहानै शौचालय गएका अन्य कैदीबन्दीले गुरुङलाई शौचालयको भेन्टिलेटरमा झुण्डिएको अवस्थामा भेटेर खवर गरेका थिए । चोरी मुद्दामा पाँच वर्ष कैद तोकिएका उनलाई २०७६ माघमा पाल्पा कारागार ल्याइएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्