पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । शुक्रबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७ जना महिला र ७ जना पुरुष निको भई डिस्चार्ज भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ६ जना, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकाका एक ÷एक जना, रम्भा गाउँपालिकाका ३ जना र रिब्दीकोट गाउँपालिकाका २ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लाको कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या एक हजार ९ सय ९७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २९ जना पुरुष र १० जना महिला गरी थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७८ जनामा पिसिआर परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माथागढीमा २, रामपुरमा ३, पूर्वखोलामा ६, रैनादेवी छहरामा ४, बगनासकालीमा ३, तिनाउमा २, रिब्दीकोटमा ५ र तानसेनमा १४ गरी ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ३ सय ५९ पुगेको छ । जसमा ६ सय ९२ जना महिला र एक हजार ६ सय ६७ जना पुरुष रहेका छन् कोरोनाका कारण अहिलेसम्म ४० जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ५० पुगेको छ । अहिलेसम्म जिल्लामा ३ सय २७ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।