गुल्मीका २ कोरोना संक्रमितको मृत्यु
गुल्मी,गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । एक पुरुष र एक महिला संक्रमितको मृत्यु भएको हो । जिल्लाको रुरु गाउँपालिका ५ की ५० वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्युु भएको मेडिकलले जनाएको छ । उनको १५ गते पिसिआर परीक्षण पोजेटिभ आएको थियो ।
उनमा निमोनिया सम्बन्धी बिरामी भई स्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएकी थिइन् । ति महिलाको १५ गते नै मृत्युु भएको मेडिकलले जनाएको छ । त्यस्तै जिल्लाको धुर्काेट गाउँपालिका २ का ७५ वर्षीय एक पुरुषको शुक्रबार मृत्युु भएको मेडिकलले जनाएको छ । दम तथा निमोनिया सम्बन्धी बिरामी भई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा रहेका उनको बैशाख १० गते कोरोना परीक्षण गर्दा पिसिआर पोजेटिभ आएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्