Shittalpati
गुल्मीमा पीसीआर गरेका सबैमा कोरोना

गुल्मी, गुल्मीमा पनि कोरोना सक्रमणको दर बढ्दै गएको छ । मंगलबार मात्र जिल्लामा पीसीआर परीक्षण गरेका सबैमा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय १७ जनामा पीसीआर परीक्षण गरिएकोमा १ सय १७ जनामै संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा यस्तो पाइएको छ । यस्तै ४ सय ९९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २ सय १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितको संख्या ३ सय ३४ पुगेको छ । जिल्लाका १२ वटा पालिकामध्ये रेसुङ्गा नगरपालिका बढी प्रभावित भएको छ । यहाँ १ सय १७ जना संक्रमित छन् । नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर ८ थप जोखिममा छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update