Shittalpati
गजल संग्रह ‘खरानी’ लोकापर्ण

पाल्पा । गजल संग्रह ‘खरानी’को लोकापर्ण गरिएको छ । पाल्पाली गजलकार श्रीरामस्वरुपद्वारा लिखित गजल संग्रह खरानीको शनिबार एक कार्यक्रमका बीच शिक्षा,स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजनामा तानसेनमा लोकापर्ण गरिएको हो ।

गजल संग्रहको त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख जीवन बहादुर थापाले लोकापर्ण गरेका हुन् । संग्रहको लोकापर्ण गर्दै क्याम्पस प्रमुख थापाले क्याम्पसमा समाज शास्त्र एम.ए.मा अध्ययनरत विद्यार्थीले साहित्यिक कृति प्रकाशन गरेकोमा क्याम्पस परिवार अत्यन्तै गौरवान्वित भएको बताए । उनले पछिल्लो समय गजल लेखन कार्य हराउदै जान थालेका बेला श्रीरामस्वरुपले गजल विधालाई अगाडि बढाउनुले साहित्य क्षेत्रको विकासमा एउटा इटा थप्ने काम गरेको धारणा व्यक्त गरे । लेखक श्रीरामस्वरुपले सामाजिक विकृतिलाई गजलको माध्यमबाट उजागर गर्ने प्रयास मात्र गरेको बताए । गजलकार, तथा पत्रकार भोजराज भट्टराईले गजलको समिक्षा गरेका थिए । कार्यक्रममा डा. शंकर गैरे, राजेश्वर उदय, मदन देउराली, राजेन्द्र बस्याल, गणेश नेपाली लगायतले गजलको सफलताको शुभकामना व्यक्त गरेका थिए । गजल संग्रहमा माया, प्रेम, यौवन रहर, देश दुखेको, सामाजिक विकृति, मानवीय संवेदनाको पक्षमा ४० वटा गजल समावेश रहेका छन् । प्रतिष्ठानका अध्यक्ष पुुष्कर अथक रेग्मीको अध्यक्षता,उपाध्यक्ष रोहित ज्ञवालीको स्वागत,कोषाध्यक्ष विनोद भारतीको धन्यवाद, महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update