शालिकराम पाण्डे ‘शिला’
चैत्र १६ २०७६(आइतबार)
बिहान उठेपछि आज कपडा धोए । पुरानै तालिका अनुसार घाम तापे । मन गहिरेका थप दुई वटा कथा पढें । कथा पढेपछि सामान्य लेखोट पनि गरेको छु । पछि केही लेख्न सजिलो होला । खाना अलि ढिलो खाईयो । यसो पल्टेको निदाइएछ । यसलाई भाते निद्रा भन्छन् क्यारे ¤ उठेपछि फेसबुकमा यसो घुमघाम गरियो । ध्रुब अधिकारीको कोरोना विरुद्ध सरकारको प्रयत्नप्रति गरिएको पोष्ट घत लाग्दो थियो ।
अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनलाई सोधियो । तपाईलाई काठ चिर्ने कामको लागि ६ घण्टा दिइयो भने के गर्नुहुन्छ ? उनले भने चार घण्टा आरो उध्याउँछु र दुई घण्टा काठ चिर्छु । यसो गर्दा धेरै काठ चिरिन्छ । सरकारको तयारी पुगेन । धेरै ठाउँ चुकेको छ सरकार । बाहिर कोरोनाले तहल्का पिट्दा सरकार मौन बस्यो । अहिले लाखौं क्वारेन्टाइनमा छन् तर स्वाव टेष्ट हजारको मात्र भएको छ । स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री छैन । रामभरोसामा देश चलेको छ । अपितु जे भयो अब गर्नुपर्ने कामहरु द्रुत गतिमा हुनुप¥यो । लकडाउन अझ एक हप्ता थप गर्न उच्चस्तरीय समितिले सरकारलाई सिफारिस गरेको खबर बाहिर आएको छ । अझ नौ दश दिन धैर्यधारण गर्नुपर्ने भएको छ । सरकारका अनुसार चालीसहजार मानिसहरु बाहिरबाट आएका छन् । कतिपय क्वारेन्टाइनमा बसेका छैनन् ।
गाउँ घरमा त खुल्लम् खुल्ला हिडिरहेका छन् भन्ने सुनियो । अवस्था अझ गम्भिर बन्दै गएको अवस्थामा स्थानीय सरकार तथा प्रशासन समेत थप सक्रिय बनेको होकि भन्ने देखिएको छ । स्थानीय तहमा विपद् ब्यवस्थापन समितिका बैठकहरु बसिरहेका र केही न केही निर्णय गरेका खबरहरु बाहिर आएका छन् । आजको दिन पनि उपलब्धीमूलकरुपमा बित्यो । दिनभर कार्यालयमा बसें । कर्मचारी साथीहरुसँग छलफलहरु भए । अफिस ब्यवस्थापनका काममा केही समय ब्यतित गरें । बस्ने कोठा र कार्यालय नजिक भएकोले मलाई लकडाउनमा पनि कार्यालय गएको आभाष भईरहेको छ । यसले पनि मनलाई उर्जा दिने रहेछ । कथा र निवन्धहरुको प्रारम्भिक सम्पादनको काम आज सकियो । मन गहिरेको मनका कथाहरुबाट तीन वटा जति कथाहरु पढें र सामान्य नोट गरें । पानी बिसाए पनि आकाशमा बादल टुटेको छैन । हावा पनि मन्दमन्द चलिरहेको छ । तानसेनमा गर्मी पो कहिले होला र ¤ बस्नको लागि साह्रै राम्रो ठाउँ । सफा, सितल र एकान्त । मेरो त जीवनको केही अंश यहीं बित्यो । पहिलो पटक वि.सं.२०४१ सालमा एस्.एल्.सी. दिन यहाँ आए देखि प्रविणता प्रमाण पत्र तह पढ्दा र पछि बि.सं.२०६३ देखि हालसम्म सामाजिक सेवा सहित जागिरको क्रममा तानसेनमै छु । बिचमा तीन वर्ष परासी पनि बसियो । तराईमा गर्मीको उत्कर्ष पनि ब्यहोरियो । लामखुट्टे मर्ने गर्मीमा कसरी बसियो होला ¤ संझदा अहिले पनि उकुसमुकुस हुन्छ । त्यो बेला काम विशेषले तानसेन आउन पाउँदा स्वर्ग आए जस्तो लाग्थ्यो । आजको दिन तानसेन विशेष बनेर मनमा छाईरÞयो ।