पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय ५८ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४४ जना सहित १ सय ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आईतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ४४, रैनादेवी छहराका ४०, माथागढीका २, रम्भाका ७,बगनासकालीका ४, तिनाउका ९, रिब्दीकोटका ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या २ हजार ९ सय ६८ पुगेको छ । जसमा ९ सय ३० जना महिला र दुई हजार ३८ जना पुरुष रहेका छन् । यस्तै आईतबार गरिएको एन्टिजेन परीक्षणमा १० जना नयाँ संक्रमित देखिएका छन् । ४ महिला र ६ पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
एन्टिजेन परीक्षणमा पूर्वखोलाका ३, निस्दीका ५ र तानसेनका २ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म २ सय ५५ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ३५ पुगेको छ । अहिलेसम्म जिल्लामा ९ सय ८८ जना होम आइसोलेसनमा रहेका छन् भने ४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम दुई हजार एक सय ३७ जनाले कोरोना जितेका छन् ।