Shittalpati
पाल्पामा कोरोना निको हुने बढे, एकै दिन ८१ जना संक्रमित डिस्चार्ज

सीमा भट्टराई

पाल्पा, जिल्लामा पछिल्लो समय कोरोना जित्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र जिल्लामा ८१ जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २९ जना महिला र ५२ जना पुरुषले कोरोना जितेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५३, माथागढी गाउँपालिका ५, रामपुर नगरपालिकाका ३,पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिकाका १÷१ , रिब्दीकोट गाउँपालिकाका ५, रैनादेवी छहरा गाउँपालिका ३, बगनासकाली गाउँपालिका ४, तिनाउ गाउँपालिकाका ५ जना संक्रमितले कोरोना जितेको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार २ सय १८ पुगेको छ । अहिलेसम्म माथागढीका १ सय ३१, रामपुरका २ सय ९१, पूर्वखोलाका २ सय ६७, रैनादेवी छहराका १ सय ३७, रम्भाका ९७, बगनासकालीका १ सय ६२, तिनाउका ८३, रिब्दीकोटका ८९, निस्दीका १ सय २० र तानसेनका ८ सय ४१ जना संक्रमितले कोरोना जितेका छन् ।

 

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ८५ र एन्टिजेन परीक्षणमा ९४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । एक सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा रिब्दीकोटका ५५ जना सहित ८५ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका ९, रामपुरका १,रैनादेवी छहराका २, पूर्वखोलाका २, रम्भाका ३,बगनासकालीका १, तिनाउका १, तानसेनका ११ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार ५३ पुगेको छ । जसमा ९ सय ५६ जना महिला र २ हजार ९७ जना पुरुष रहेका छन् । यस्तै सोमबार गरिएको एन्टिजेन परीक्षणमा ९४ जना नयाँ संक्रमित देखिएका छन् । ५४ महिला र ४० पुरुष गरी ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका ५१, माथागढीका ६, रामपुरका ३, पूर्वखोला, रैनादेवी छहराका ४÷४, रम्भा ३, बगनासकालीका १९, तिनाउ, रिब्दीकोटका एक÷एक, निस्दीका २ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ३ सय ४९ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार एक सय ३१ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ८३ जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update