संसद चलिरहेको थियो । प्रधानमन्त्रीले संसदमा जवाफदिनु पर्ने धेरै विषय थिए । तर अदालतले पुर्नस्थापित गरेपछि प्रधानमन्त्री सदनमा छिर्दै छिरेनन् । उनी त्यती बेला उद्घाटन र शिलान्यासमा निकै व्यस्तभए । उनले कहीआफनो नाम अंकित शिलापत्र अनावरण गरी शुभारम्भ गरे । केही परियोजनाको आफनै बिस्तराबाट शुभारम्भ गरे । उनी उद्घाटन र शिलान्यासमा व्यस्त हुँदा लाग्द थियो आकाशबाट विदेशी डलर बर्सिएछ त्यही बर्सिएको रकमबाट निर्मित योजनाहरुको शिलान्यास र उद्घाटन गरेका हुन भन्ने लाग्यो । उनले धेरै सडकहरुको बालुवाटारबाट शुभारम्भ गरे त्यस्ता योजना तत्काल सुरु हन्छ, भन्ने आमजनमानसको बुझाई रहेको छ । उनले गरेको शिलान्यास र उद्घाटनको योजना सम्पन्न गर्नको लागि नभई लोक प्रियताको लागि मात्र गरेको हो भन्ने रहस्य अहिले खुल्यो । सामान्य रुपमा जान्ने र बुझ्ने के हो भने पैसा नभएर सरकारले कोरोना नियन्त्रणको लागि हात उठाएको बखतमा यस्ता ठूला ठूला विकासका आयोजना सम्पन्न गर्नका लागि रकमकहाँबाट आयो होला ? मुख्य प्रश्न यहाँ हो । प्रधानमन्त्री ओलीले विकास आयोजनाको शिलान्यास र उद्घाटनको आवरणमा गरेका सबै नाटक मात्र हो । उनले आफ्नो लोकप्रियताको नाममा गरेका सबै नाटक हो भनेर बुझिन्छ । सम्पन्न नभएको योजनाको लागि आफन्तको भिड बढाएर उद्घाटन गरिनु भनेको लोक प्रियताको लागि र आगामी निर्वाचनमा जनता झुक्याउने मुख्य आधार हो । उनले उद्घाटन गरेको योजना उनकै कार्यकालमा पुरा हुँदैन । पुरा नभएको योजनाको उद्घाटन गर्न किन हतार प्रश्न यहाँ हो । यही कुरा भाषणबाट बिक्री गरेर जनता बटुल्ने हो भनेर अब बुझन जरुरी रहेको छ । उनले पछिल्लो समयमा धरहराको उद्घाटन तामझामका साथ गरे ।
धरहराको काम कति सकिएको छ भन्ने विषयमा अहिले कोही पनि अनविज्ञ छैन । पुरा नभएको धरहराको उद्घाटन गर्न किन हतारिन पर्यो ? त्यो पनि लोक प्रियताको लागि हो । धरहरा यो वर्ष पुरा हँुदैन नहुने लक्षण पनि देखियो । कोभिड सबैका घर दैलोमा भित्रिएको छ । कोभिड नियन्त्रणको लागि क्रियाशिल बन्नु पर्ने समय हो यो । उद्घाटन र शिलान्यासको लागि हतारिने समय थिएन् । स्वस्थ्य मन्त्री हृदेश त्रिपाठीले खोप ल्याउन नसकेको तथ्य कुरा बाहिर ल्याए । त्यस्ता विषयमा अलिकति पनि सरकार संवेदनशिल बनेको देखिदैन । जताबाट हुन्छ जसरी हुन्छ भ्रष्टचार गरी पैसा जम्मा गरी त्यही पैसा खर्चिएर निर्वाचनमा मत किन्ने दाउमात्र देखियो ।
धरहरा भन्दा अगाडि उनले गत २५ चैतमा बालुवाटारमा बसेर निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रमको एकै पटक १६५ वटा निर्वाचन क्षेत्रमा ३ वर्षमा पुरा हुने गरी नाटकिय रुपमा शुभारम्भ गरे । त्यस बखतमा उनले भनेका सासदहरुले स्थानीय पूर्वाधार कार्यक्रममा ठूलो बजेट माग गरे बमोजिम एकै पटक त्यस्ता योजनाहरुको छनोट गरी एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम बनाई एकै पटक शिलान्यास गरियो । त्यसका लागि ३ अरव २० करोड रुपैंया विनियोजन गरेको उदघोषक गरे । त्यसका लागि उनले शुभारम्भ गरे पनि आवश्यक पूर्व तयारी नै छैन् । त्यसका लागि आवश्यक पर्ने विस्तृत अध्ययन परियोजना नै बनेको छैन । हाल सम्म ५५ वटा सडकको मात्र डि.पिआर तयार भएका छन् । अरु सबै हावादारी गफ हुन । उनले मेलम्ची खानेपानी परियोजनाको उद्घाटन गरे । त्यो परियोजनाको आफुले मात्र नभई विद्यादेवी भण्डारीबाट समेत गराए । परियोजनाको काम कति सकियो कति बाँकी छ ? सबै काम सकिएर उद्घाटन गरिएको थिएन । सत्ताच्युत हुने दिन नजिकिए पछि यस्तो अवसर नआउला भनेर उनले यसो गरेका हुन । मेलम्चीखानेपानी अगाडि बढाउन उनको कहिकतैबाट सहयोग छैन् । शिलापत्रमा नाम लेख्नका लागि यस्तो गरेका हुन । परियोजना पुर्ण रुपमा सकिन एक वर्ष समय लाग्दछ । विश्वलाई कोरोना महामारीले हल्लाएको छ । सबै मुलुकले कोभिड नियन्त्रणका लागि ठूलो धनराशी खर्चिएका छन् । शक्ति सम्पन्न राज्यले कमजोर राष्ट्रलाई उपलब्ध गराउने सहयोग रकम कटौती गरेका छन् । हाम्रो मुलुकको बजेटलाई पनि बैदेशिक साहायतामा निर्भर छन् । यसै क्रममा सडक पुर्वाधारा निर्माणका लागि ७० अर्व रुपैयाँ विदेशी लगानीमा आउने भनिएको छ । त्यसैले उनले धमाधम पुल सडक जस्तामा चालु आ.वको १३ अर्व ४५ करोड बराबरको बैदेशिक सहायताबाट सम्पन्न गर्ने गरी शिलान्यास गरे । उनले कल्पना गरेको बजेट नआउने पनि उत्तिकै संभावना छ । उनले कोशी डाइभर्सनको पनि शिलन्यास गरे त्यसका लागि ४६ अर्व लागत लाग्दछ । त्यसको पनि संभाब्यता अध्यन पुरा भएको छैन् । त्यसै गरी चार वटा औद्योगिक क्षेत्र निमार्णको शिलान्यास भयो । लुम्बिनी प्रदेशमा शिलान्यास गर्न आएकाहरु बादर लखेटिए जस्तै गरी लखेटिनु प¥यो यहाँ पनि जग्गाको समस्या समाधानबिना नै गरेकाले परिमाण त्यस्तो आयो । यो पनि पुरा हुनेमा कम आशावादी हुने अवस्था आयो । मदन भण्डारीको नाममा नामाकरण गरिएको मदन भण्डारी राजमार्गको लागत १ सय ७ अर्व हो । त्यसका लागि बैदेशिक साहायाता जुट्नै छ । सडक नपुगेका २ सय २८ बटा स्थानीय तह जोड्ने सडक निर्माणका लागि २ सय अर्व लागत लाग्दछ । त्यो पनि आफ्नै कार्यकालमा पुरा गर्ने त्यसको पनि हालत उधारोमा रुपान्तरित हुने देखिन्छ । सरकारले आर्थिक वर्ष ०७७÷०७८ लाई कोरोना नियन्त्रण वर्ष भने पनि त्यस तर्फ ध्यान केन्द्रित भएको देखिदैन् । केवल सस्तो लोकप्रियताको भाषण भष्टाचारमा लिप्त मात्र देखियो । अक्सिजन नपाएर मृत्युवरण गर्ने जनताको सख्या बढ्दै गएको बखतम ओली र तिनका झुण्ड संवेदनशिल भएको देखिएन । त्यो नै नेपाल र नेपालीको लागि दुर्भाग्य हो त्यसले गर्दा अहिलेको आवश्यकता ओलीको वहिर्गमन नै हो । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)