पाल्पा, जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपनि निको हुनेहरुको संख्यामा वृद्धि भएको छ । मंगलबार मात्र जिल्लाका ३४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र ३० जना पुरुष डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा रैनादेवी छहरा गाउँपालिकाका २९ जना, तानसेन नगरपालिकाका ४, रामपुर नगरपालिकाका १ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार २ सय ५२ पुगेको छ । सोमबार मात्र ८१ जनाले कोरोना जितेका थिए । अहिलेसम्म माथागढीका १ सय ३१, रामपुरका २ सय ९२, पूर्वखोलाका २ सय ६७, रैनादेवी छहराका १ सय ६६, रम्भाका ९७, बगनासकालीका १ सय ६२, तिनाउका ८३, रिब्दीकोटका ८९, निस्दीका १ सय २० र तानसेनका ८ सय ४५ जना संक्रमितले कोरोना जितेका छन् ।
एकै दिन १ सय ६० नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ७८ र एन्टिजेन परीक्षणमा ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । एक सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४२ जना, माथागढीका ८, रामपुर,रैनादेवी छहरा, तिनाउका एक/एक जना, रम्भाका ३,बगनासकालीका ६, रिब्दीकोटका १६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार १ सय ३१ पुगेको छ । जसमा ९ सय ८० जना महिला र २ हजार १ सय ५१ जना पुरुष रहेका छन् ।
यस्तै एन्टिजेन परीक्षणमा ८२ जना नयाँ संक्रमित देखिएका छन् । १ सय ६४ जनाको परीक्षण गरिएकोमा २६ महिला र ५६ पुरुष गरी ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका ५१, माथागढी, रैनादेवी छहरा, रिब्दीकोटका एक÷एक, रामपुरका ७, पूर्वखोला ३, बगनासकालीका १३, तिनाउ ५, जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ४ सय ३१ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ५६ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार दुई सय ६ जना होम आइसोलेसनमा रहेका छन् भने ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।