पाल्पा, जिल्लामा पछिल्ला केही दिन यता आशाका किरण देखिएका छन् । यहाँ कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने बढेको छ । बुधबारमात्र जिल्लाका ६५ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २८ जना महिला र ३७ जना पुरुषले कोरोना जितेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका २८, रैनादेवी छहरा गाउँपालिकाका २१, माथागढीका गाउँपालिकाका, रामपुर नगरपालिकाका , तिनाउ गाउँपालिका,रिब्दीकोट गाउँपालिकाका ३÷३ जना, पूर्वखोला गाउँपालिकाका, बगनासकाली गाउँपालिकाका १÷१ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार तीन सय १७ पुगेको छ । सोमबार ८१ र मंगलबार ३४ जनाले कोरोना जितेका थिए । अहिलेसम्म माथागढीका १ सय ३४, रामपुरका २ सय ९५, पूर्वखोलाका २ सय ६८, रैनादेवी छहराका १ सय ८७, रम्भाका ९९, बगनासकालीका १ सय ६३, तिनाउका ८६, रिब्दीकोटका ९२, निस्दीका १ सय २० र तानसेनका ८ सय ७३ जना संक्रमितले कोरोना जितेका छन् ।
१ सय ५८ नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ११५ र एन्टिजेन परीक्षणमा ४३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । एक सय ७२ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४८ जना, माथागढीका २२, रैनादेवी छहराका ८, बगनासकालीका ७, रिब्दीकोटका २१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार २ सय ४६ पुगेको छ । जसमा १ हजार ३५ जना महिला र २ हजार २ सय ११ जना पुरुष रहेका छन् ।
यस्तै एन्टिजेन परीक्षणमा ४३ जना नयाँ संक्रमित देखिएका छन् । ९७ जनाको परीक्षण गरिएकोमा २१ महिला र २२ पुरुष गरी ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका १७, माथागढीका ९ जना, पूर्वखोला ८, रैनादेवी छहरा १, रम्भा, बगनासकाली, तिनाउ, रिब्दीकोटका २÷२ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ४ सय ७४ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार तीन सय ४९ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार दुई सय ९० जना होम आइसोलेसनमा रहेका छन् भने ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।