संविधान जारी भए पछिको निर्वाचनमा नेकपाले बहुमतको सरकार बनाउने गरी विजयी भयो । नेपाली काँग्रेस सिमित सिटमा खुम्चियो । ०७४ साल फागुन ३ गते पुनः दोस्रो पटक खड्क प्रसाद ओलीको सत्ता रोहण भयो । सदनलाई छलेर ओलीले कहिले गुढी कहिले सञ्चार जस्ता विवादस्पद अध्यादेश ल्याए । राजनीति दल सम्वन्धी विधेयक पनि ल्याए तर प्रतिपक्ष दलका नेता सदनको रोष्टममा पुगेर सरकारको आलोचना नगरेका कारण पशुपतिमा डामेर छाडेको साँडे जस्तै भएको हो । हुन त विरोध र प्रतिवाद नगर्नु भनेको समर्थन गर्नु हो भन्ने बुझिन्छ । नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने सवालमा पनि र त्यस पछि पाठ्यपुस्तकमा राख्ने सवालमा प्रमुख प्रतिपक्ष दलको भूमिका अत्यन्तै कमजोर देखियो । सवैधानिक परिषदको बैठकमा आफु कहिल्यै नजाने तर आफना निकटका ब्यक्तिलाई गरिदिन, सिफारिस गर्न देउवाको नियत नै बन्यो । फेरी ओलीले पनि देउवालाई खुसी बनाउन उनले सिफारिस गरेका व्यक्तिलाई उचित समयमा उचित स्थान दिए पछि बैठकमा किन जानु नै पर्यो र ? सरसर्ती नियाल्दा यि दुवै ब्यक्तिले यस अवधिमा एउटा पनि राम्रो काम गरेनन् । यसर्थ यिनै विषयमा केन्द्रीत रहेर यहाँ चर्चापरिर्चा गर्ने प्रयास गरिएको छ ।
देउवा प्रधानमन्त्री हँुदा धमाधम राजदुत नियुक्ति गरे । यसै क्रममा आफनो सासु प्रतिभा राणा खानदानी राप्रपाको केन्द्रिय सदस्य हुन उनलाई पनि राजदुतमा सिफारिस गरे । जब ओली सरकारमा आए पछि देउवाले गरेका अधिकाश निर्णयहरु बदर गरे । राजदुत पनि फिर्ता बोलाए तर अहिलेसम्म देउवाको सासु प्रतिभा राणा राजदुत नै छन् । यसले के देखिन्छ भने देउवा ओली सँगैको कित्तामा छन् । ओली सरकारले गत वर्ष सासद अपहरण ग¥यो । सदनलाई निकम्बा बनाउँदै धमाधम अध्यादेश ल्याउँदा समेत देउवाले कहिल्यै पनि त्यसको सदनबाट प्रतिकार गरेनन् । प्रतिपक्ष दलको नेतालाई सदनमा बोल्न समय नै चाहिदैन् । देउवा एकै पटक गत २७ गते औपचारिकता निभाउन मात्र बोलेका हुन् । पछिल्लो पटक खोप खरिदमा भएको कमिसन प्रकरण स्वास्थ्य मन्त्रीले उजागर नै गरिदिए । यस विषयमा विपक्ष दलले सरकारको स्पष्ट धारण माग गर्न सक्थ्यो वा छानबिनका लागि दवाव दिन सक्द थियो तर यसमा पनि देउवा औपचारिक रुपमा मात्र सिमित हुन पुगे । गोकुल बास्कोटा प्रकरणमा समेत देउवाले मौनता साँधे । त्यसमा प्रधानमन्त्रीको समेत प्रत्यक्ष सहभागिता भएको अडियो सार्वजनिक भएको थियो । त्यसैगरी गत वर्ष स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओम्नी समुहले करोडौ रुपैयाँ अनिमियता गरेको विषय बाहिर आयो यस प्रकरणमा समेत देउवाले स्पष्ट धारणा माग गर्न सकेनन् । कतै उनको पनि सहभागिता थियो कि भन्ने आम जनताको बुझाई हो । हुन त देउवालाई ओलीले अख्तियारको पासो देखाएर आफनो लगाममा हिडाई रहेका छन् । बालुवाटार जमिन प्रकरणमा पनि देउवालाई ओलीले तर्साइ रहन्छन । त्यही प्रकरणमा विजय कुमार गच्छेदार जेलमा छन् । सर्बहारा नेता विष्णु पौडेलले छोराको नाममा रहेको जग्गा फिर्ता गरेर उन्मुक्ति पाउँदा समेत यस विषयमा छानबिन समिती बनाउन नसक्नु अत्यन्त दु.खदकुरा हो । सरकारले गरेको राम्रो काम भनेको भष्टचारमा संग्लन व्यक्तिहरुको संरक्षण मात्र भेटियो । पार्टीसँग बैरभाव, दुश्मनी, सहयोद्धाहरुको राजनीति हत्या प्रकरण छताछुल्ल भएको छ । राम्रो काम गर्ने अवसर ओलीको लागि धेरै थिए र तर कहिल्यै राम्रो र प्रसंसनिय काम भन्दा पार्टी भित्रका प्रतिपक्ष र सरकार बाहिरको प्रतिपक्षको आलोचनामा मात्र उनले आफनो अमुल्य समय खर्चिए । आम जनताको स्वास्थ्य उपचारको विषयमा मात्र ओलीले ध्यान दिएको भए ओली नै पछिल्लो समयको सर्वमान्य नेता बन्ने अवसर थियो, त्यो अवसर उनले गुमाए । कोभिड नियन्त्रणको विषयमा नीजी अस्पतालसँंग समन्वय गरि उपचारको जिम्मेवारी सरकारले नै उद्घोषक गरेको भए उनी सधैव नेपाली आकासमा धु्रर्वतारा जस्तै अटल र अमर नेताका रुपमा स्थापित हुने थिए । जनताको स्वास्थ्य उपचारको प्रक्रियामा अठोट लिएको भए । कसैले बिरोध गर्दैन थियो ।
ओलीको राजनैतिक भविष्यसँगै मुलुक पनि राजनैतिक अस्थिरतातर्फ धकेलियो उनी पनि सानो झुण्डमा रमाउने सानो झुण्डबाट परिचालित हुने प्रवृत्तिका कारण नेकपा एमाले विभाजनको सघांरमा पुग्यो । त्यस्तै प्रवृत्तिका शेरबहादुर देउवा पनि हुन । दुवैको एउटै रणनीति हो र अध्यदेशबाट संविधान संशोधन गरी पार्टीको महाअधिवेशन टार्ने , त्यसै गरी पार्टी कब्जा गर्ने मात्र उद्देश्य हो । ओलीका ठूला–ठूला विकासका परियोजना हावा दारी गफमा नै उडे घर घरमा ग्यासको पाइप, पानी जहाज जस्ता विषय उनको चुनावी नारा र विषय मात्र बन्यो । यस पटक राम्रो प्रशंशा गर्न लायक राम्रो काम भएन । ओलीको लागि मात्र होइन देउवाको समेत प्रशंशनिय राम्रो काम भेटिएन् । ओली देउवा दुबैको सहमतिमा संसद विधटन भएको हो अबका दिनमा पनि यसो नहोला भन्न सकिदैन ।
विदेश नीतिमा समेत ओली विफल देखिए । त्यसैगरी विकास र निर्माणका काम पनि त्यस्तै भए । कोभिड नियन्त्रणमा सरकार पूर्णरुपले असफल देखियो । ओलीको पछिल्लो कार्यकाल फलदायी र प्रशंसा गर्न लायक नै भेटिएन कमरेड गार्यो हो नमान्नु ल ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)