पुरन राजकोटी मगर
गुल्मी (पुर्तिघाट) , जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या देशै भरि दिनानुदिन बढिरहेको अबस्थामा गुल्मी कालिगण्डकिमा पनि अहिलेसम्मकै धेरै वृद्धि भएको हो ।
गाउँपालिकाले मंगलबार गरेको एन्टिजेन र पिसिआर परीक्षणमा ७४ जना नयाँ संक्रमित थपिएका छन् । गाउँपालिकामा अहिलेसम्म कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ । यहाँ होम आइसोलेसन १ सय ५ जना रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मंगलबार एक जना संक्रमित डिस्चार्ज भएका छन् ।
पालिका भित्र जम्म्मा ३ एम्बुलेन्स १० वटा अक्सिजन र पालिकाले निर्माण गरेको १० बेडको आइसोलेसन रहेको छ । गाउँपालिकाका स्वास्थ्य प्रमुख चन्द्र थापाका अनुसार अहिले प्रत्येक वडामा गएर लक्षण देखिएका लक्षित बिरामीहरुको पिसिआर स्याम्पल कलेक्सन गरेर तम्घास पठाउने कार्य भैरहेको छ । आम नागरिकहरु त्रसित र चिन्तित भएको भन्दै गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले अझै परीक्षणको दायरा बढाउँदै लैजाने र पोजेटिभ बिरामीहरुको सम्पर्कमा आफू सधैं रहेको र आवश्यक सुझाव सल्लाह दिइरहेको बताए ।