Shittalpati
गुल्मीमा ३८ वर्षीय मिर्गौला पीडित पुरुषले कोरोना जीते

गुल्मी, जिल्लाक ३८ वर्षीय एक मिर्गौला पीडित पुरुषले कोरोनालाई जितेका छन् । रेसुङ्गा नगरपालिका –४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् ।

०७२ सालमा मिर्गाैला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मवलले होम आइसोलेशनबाट नै कोरोना जित्न सफल भएका छन् । कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधी भए भण्डारीको अनुभव छ । कारोना संक्रमण भएको २० दिनपछि आफुले कोरोनाको लडाईबाट सफल भएको उनले बताए । आफन्तको हौसलाले मनमा उत्साह र डक्टरहरुको निरन्तर सम्पर्कमा रही अनुशासित रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर कोरोना संक्रमण मुक्त भएको भण्डारीले बताए । उनको यो साहस र उत्साहले कोरोना जित्न सकिन्छ भन्ने उदारणका पात्र बनेका छन् । उनि कोरोना संक्रमण मुक्त हुँदै गर्दा सामाजिक सञ्जालमा लेखेका छन् ‘म किड्नी ट्रान्सप्लान्ट गरेको बिरामी त्यसैमा पनि कोरोनाको संक्रमणबाट आक्रान्त हुँदा बाच्ने झिनो आशा बोकेर संघर्षको मैदानमा होमिए ,त्यो समय मेरा लागि एक बर्ष भन्दा नि लामो भयो, घरि–घरिको त्यो पीडा सहन नसकेर छट्पटिई रहँदा परिवारको मीठो साथ र आफन्तको हौसलाले कताकता मनमा उत्साह पलाउन थाल्यो अनि डक्टरहरुको निरन्तर सम्पर्कमा रहेर उहाँको निर्देशन निरन्तर फलोअफ गर्न थाले । थप हौसला मिल्यो अनि स्वास्थ्यमा पुरै सुधार आउन थाल्यो । कोरोना रिर्पोट नेगेटिभ आयो मनमा खुसी छायो आफन्त गाउँ छिमेक सबैमा खुशी छायो ।’ भण्डारीले कोरोना संक्रमितको हौसला बढाउन पनि सबैलाई आग्रह गरेका छन् । ‘म अझै पनि दुरी कायम गर्ने, आइसोलेसन बस्ने कुरालाई अझै एक हप्ता लम्बाउने निर्णय गरेको छु’ उनले भने । ‘यो जटिल परिस्थितिमा सबैको हौसाला अति खाँचो महसुस गरे तपाइको हौसलाले कसैको जीवन बाच्छ, भने कृपया सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डका नियममा रहि बिरामीको ख्याल गर्नुहोला’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले संघर्षको घडीमा साथ दिने फोन सम्पर्क गर्ने डक्टर आफन्त छिमेकी साथीभाइ सबैलाई धन्यवाद समेत दिएका छन् । –अनिल खत्री

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update