Shittalpati
पाल्पामा विहीबार थप १ सय १० जना  कोरोना संक्रमित निको भए

सीमा भट्टराई
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १० जना कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४३ जना महिला र ६७ जना पुरुषले कोरोना जितेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले विहिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ४२, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिकाका १२÷१२, माथागढी गाउँपालिका ५,रामपुर नगरपालिकाका ४, पूर्वखोला गाउँपालिकाका २१, तिनाउ गाउँपालिकाका ३, बगनासकाली गाउँपालिकाका ८, रिब्दीकोट गाउँपालिकाका ३, जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ३ हजार ४० पुगेको छ ।

                १ सय ७५ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १ सय ३३ र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १ सय ७१ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका १८ जना,रामपुरका ३९,पूर्वखोलाका २, रम्भाका ४१, बगनासकालीका ३, तिनाउका ३० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ६० पुगेको छ । जसमा १ हजार ३ सय ४४ जना महिला र २ हजार ६ सय १६ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ४२ जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेनका २१, बगनासकालीका १६, रम्भाका १, पूर्वखोला, माथागढीका २÷२ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ हजार १ सय ३० जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ७१ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ६ सय १६ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ५ सय १९ जना होम आइसोलेसनमा रहेका छन् भने ९७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update