पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ४१ कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५६ जना महिला र ८५ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५४, रिब्दीकोट गाउँपालिकाका ५६, माथागढी गाउँपालिका १०, रामपुर नगरपालिकाका २, पूर्वखोला गाउँपालिकाका ६, रैनादेवी छहरा गाउँपालिकाका ३, रम्भा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका ५, निस्दी गाउँपालिकाका १ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ३ हजार ३ सय ५५ पुगेको छ ।
१ सय ६ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ७२ र एन्टिजेन परीक्षणमा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १ सय २१ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका १० जना, माथागढीका २, पूर्वखोला ५३, रैनादेवी छहरा, रम्भाका एक÷एक बगनासकालीका ३, रिब्दीकोटका २ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ७८ पुगेको छ । जसमा १ हजार ४ सय ७ जना महिला र २ हजार ६ सय ७१ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ३४ जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेनका १३, माथागढीका २, बगनासकालीका ५, पूर्वखोला, रैनादेवी छहरा, रम्भा, रिब्दीकोटका एक÷एक , तिनाउका १० जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ८ सय १४ जनामा संक्रमण देखिएको छ ।
थप चार संक्रमितको मृत्यु
पाल्पामा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका–५, का ६१ वर्षीया कोरोना संक्रमित महिलाको युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै तानसेन–६, का ६१ वर्षीय पुरुषको पनि मिसन अस्पतालमै मृत्यु भएको हो । यस्तै बगनासकाली–६, का ५४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ती पुरुषको शनिबार बिहान उपचारको क्रममा तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै तानसेन–७, का ६० वर्षीया कोरोना संक्रमित महिलाको समेत मृत्यु भएको छ । उनको भई घरमै आइसोलेसनमा रहेका बेला शनिबार बिहान मृत्यु भएको जनाइएको छ । योसँगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।
अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ४ सय ६० पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ३ सय ७३ जना होम आइसोलेसनमा रहेका छन् भने ८७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।