सीमा भट्टराई
पाल्पा, जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आइतबार मात्र जिल्लामा ९५ जनामा संक्रमण हुँदा थप १ सय ३३ कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४० जना महिला र ९३ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयले आईतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ६७, रिब्दीकोट गाउँपालिकाका १७, बगनासकाली गाउँपालिकाका १९, माथागढी गाउँपालि, रामपुर नगरपालिकाका ८/८, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका २/२, रम्भा गाउँपालिकाका ३, तिनाउ गाउँपालिकाका ७ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ३ हजार ४ सय ८८ पुगेको छ ।
९५ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ८४ र एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १ सय ८६ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ३६ जना, माथागढी, रैनादेवी छहरा, तिनाउका ४/४, पूर्वखोला ३२, रम्भा, रिब्दीकोटका एक÷एक, बगनासकालीका २ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार १सय ६२ पुगेको छ । जसमा १ हजार ४ सय ५२ जना महिला र २ हजार ७ सय १० जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ११ जना नयाँ संक्रमित देखिएका छन् । जसमा बगनासकालीका ९ र रैनादेवी छहराका २ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ८ सय २५ जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ४ सय २० पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ३ सय ३३ जना होम आइसोलेसनमा रहेका छन् भने ८७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।