Shittalpati
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए
पाल्पाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीकी ३३ वर्षीया आसा दंगाल कोरोना जितेर घर फर्कदै । उनी गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा १२ दिनको उपचारपछि निको भएर घर फर्केकी हुन् । तस्वीर : विष्णु पोखरेलको फेसबुक पेजबाट

पाल्पा, जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय १० जनामा संक्रमण हुँदा थप १ सय ६३ जना कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७६ महिला र ८७ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ६३, माथागढी गाउँपालिका ३०, रिब्दीकोट गाउँपालिकाका २३, पूर्वखोला गाउँपालिकाका १७, रैनादेवी छहरा गाउँपालिकाका ११, बगनासकाली गाउँपालिकाका १०, रामपुर नगरपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिकाका २/२ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ३ हजार ६ सय ५१ पुगेको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीकी  ३३ वर्षीया आसा दंगाल कोरोना जितेर घर फर्कदै । उनी गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा १२ दिनको उपचारपछि निको भएर घर फर्केकी हुन् । तस्वीर : विष्णु पोखरेलको फेसबुक पेजबाट
पाल्पाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीकी ३३ वर्षीया आसा दंगाल कोरोना जितेर घर फर्कदै । उनी गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा १२ दिनको उपचारपछि निको भएर घर फर्केकी हुन् । तस्वीर : विष्णु पोखरेलको फेसबुक पेजबाट 

 

     १ सय १० जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ६५ र एन्टिजेन परीक्षणमा ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १ सय ४८ जनामा पिसिआर परीक्षण गरिएकोमा तिनाउका ३१, माथागढीका २२, पूर्वखोलाका ७, तानसेनका ४ र रामपुरका १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार २ सय २७ पुगेको छ । जसमा १ हजार ४ सय ८३ जना महिला र २ हजार ७ सय ४४ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ४५ जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेनका १९, रिब्दीकोटका ४, तिनाउ, बगनासकालीका ६/६, रैनादेवी छहराका ३, रम्भाका १, माथागढी,रामपुर, पूर्वखोलाका २/२ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ८ सय ७० जनामा संक्रमण देखिएको छ ।

पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ३ सय ६७ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार २ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update