गुल्मी(वामी), बागलुङमा रहेको स्वर्गभूमि फाउण्डेशनले स्थानीय सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउण्डेसनले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अक्सिजन सहितका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
फाउण्डेशनका प्रतिनिधि ईल्शन थापा सहित सहयोगी संस्थाका प्रतिनिधिहरुले गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरलाई भेटेर आठ लाख बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले विपद्का बेलामा फाउण्डेसनले स्थानीय सरकारप्रति देखाएको सहयोग र सद्भाव अत्यन्त प्रशंसनिय रहेको भन्दै धन्यवाद दिए । ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले कोरोना महामारीको समयमा संक्रमितको उपचारको लागि सहयोग गर्ने सहयोगदाताहरुको उद्देश्य र मर्म अनुसार स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
कोरोना भाईरसको संक्रमणको कारण अप्ठ्यारोमा रहेका नागरिकको उपचारको लागि स्थानीय सरकारले स्थापना गरेका अस्थायी कोरोना अस्पतालको लागि आवश्यक स्वास्थ्य सामग्री विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग संकलन गरि करिव ८ लाख रुपैँया बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष भुपिन्द्र खत्री जानकारी दिए ।
गलकोट क्षेत्रबाट रोजगारी,अध्ययन तथा पेशा व्यवसायको लागि गलकोट क्षेत्रबाहिर स्वदेश तथा विदेशमा रहेका नागरिकहरुसँग हातेमालो गर्दै सहयोग जुटाएर अस्पताललाई सामग्री पठाइएको उनको भनाइ छ ।
गलकोट नगरपालिकाको कोरोना अस्पतालको लागि ७ ओटा अक्सिजन सिलिन्डर, र ताराखोला गाँउपालिकाको लागि ३ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । फाउण्डेशनको संयोजनमा अक्सिजन फ्लो मिटर १६ ओटा,रेगुलेटर १६ ओटा, सर्जिकल माक्स २४ थान, एन ९५ माक्स ६८ ओटा, अक्सिजन कि ५ ओटा, फेस शिल्ड ३० ओटा,पल्स अक्सिमिटर २० ओटा, अक्सिजन माक्स २० ओटा,हाईफ्लो माक्स ७ ओटा,पिपिई सेट १५ ओटा, लगायतका विभिन्न प्रकारका औषधीहरु सहित २१ प्रकारका स्वास्थ्य सामग्रीहरु गलकोट नगरपालिकामा हस्तान्तरण गरिएको थियो । त्यस्तै ताराखोला गाँउपालिकालाई अक्सिजन फ्लो मिटर ४ ओटा,रेगुलेटर ४ ओटा, सर्जिकल माक्स १४ थान,एन ९५ माक्स ३० ओटा,अक्सीजन कि ३ ओटा,फेस शिल्ड २० ओटा,पल्स अक्सिमिटर ४ ओटा,अक्सिजन माक्स ४ ओटा,हाईफ्लो माक्स ३ ओटा,पिपिई सेट १० ओटा लगायतका विभिन्न प्रकारका औषधीहरु सहित २० प्रकारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको फाउण्डेशनका स्वास्थ्य विभाग प्रमुख डा.बोधराज गौतमले जानकारी दिए । सामान्य सिटामोल,अस्पतालमा बेड, अक्सिजन,औषधीको अभावबाट संक्रमितहरूको उपचार नपाएर ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्य राखेर सहयोग अभियान सञ्चालन गरि फÞाउन्डेशनका सञ्चालक समितिका सदस्य तथा सूचना प्रविधि विभाग प्रमुख इन्जिनियर विराज सुवेदी जानकारी दिए । –पत्रकार कौरव खत्रीबाट