पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ७९ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ महिला र ४२ जना पुरुषले कोरोना जितेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ४७, माथागढी गाउँपाकिा, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाका ३/३ जना , रामपुर नगरपालिका,रम्भा गाउँपालिका,२/२, पूर्वखोला गाउँपालिकाका १,रैनादेवी छहरा गाउँपालिकाका ७, बगनासकाली गाउँपालिकाका ११ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ३ हजार ७ सय ३० पुगेको छ ।
१ सय ४५ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १ सय १९ र एन्टिजेन परीक्षणमा २६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । २ सय ७७ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ५४, तिनाउ, रैनादेवी छहराका १९/१९, बगनासकालीका १२,रिब्दीकोटका ६, माथागढीका ५,पूर्वखोलाका २, रामपुर, निस्दीका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ४६ पुगेको छ । जसमा १ हजार ५ सय २९ जना महिला र २ हजार ८ सय १७ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा २६ जना नयाँ संक्रमित देखिएका छन् । जसमा रामपुरका १९, बगनासकालीका ३, तानसेनका २, माथागढी, तिनाउका १÷१ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म ८ सय ९६ जनामा संक्रमण देखिएको छ ।
पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ४ सय ३१ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ३ सय ७३ जना होम आइसोलेसनमा रहेका छन् भने ५८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।