Shittalpati
पाल्पामा शनिबार १ सय ३३ जनाले कोरोना जिते, १ सय ४३ जनामा संक्रमण

पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ३३ जनाले कोरोना जितेका छन् भने १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ३३ जना संक्रमितले कोरोना जितेका हुन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६१ महिला र ७२ जना पुरुषले कोरोना जितेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार माथागढी गाउँपालिकाका २५, रामपुर नगरपालिका ३, पूर्वखोला गाउँपालिका २, रैनादेवी छहरा गाउँपालिकाका १०, रम्भा गाउँपालिका १६, तिनाउ गाउँपालिकाका ५, बगनासकाली गाउँपालिका १७, रिब्दीकोट गाउँपालिकाका ७, र निस्दी गाउँपालिकाका २६ र तानसेन नगरपालिकाका २३ संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ४ हजार १ सय ८६ पुगेको छ ।

१ सय ४३ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १ सय ८ र एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । २ सय २३ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेन ५३, माथागढी, पूर्वखोला, बगनासकालीका १÷१, रामपुरका २, रैनादेवी छहराका २०, तिनाउका ४ र निस्दीका २६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ५ सय ९२ पुगेको छ । जसमा १ हजार ६ सय ५० जना महिला र २ हजार ९ सय ४२ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ३५ जना नयाँ संक्रमित देखिएका छन् । जसमा रामपुर नगरपालिकाका ३४, रम्भाका १ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ हजार २० जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ३ सय ४० पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार २ सय ७४ जना होम आइसोलेसनमा रहेका छन् भने ६६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update