पाल्पा । जिल्लामा रहेको निजी विद्यालय पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कूलले २० औं, वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले एक कार्यक्रमको आयोजना गरी महोत्सव मनाएको हो ।
कार्यक्रममा विव्यसका अध्यक्ष जगदीश भट्टराईले विद्यालय विकासका कार्यक्रमहरु तर्जुमा भई सकेका र विद्यालयले भौतिक संरचनाको साथै संस्कार सहितको शिक्षाको पहल गरिरहेको बताए । उनले पछिल्लो समयमा संस्कार र नैतिक शिक्षाको अभाव भइरहेका बेला स्कूलले संस्कार र नैतिक शिक्षालाई जोड दिदै आएको धारणा व्यक्त गरे । स्कूलका सल्लाहकार चन्द्रबहादुर नेपालीले विद्यालयले एक उत्कृष्ट नमुनाको रुपमा विकास गर्ने अवधारण रहेको बताए ।
कार्यक्रमा विद्यालयका प्रिन्सिपलले गगांबहादुर खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । कार्यक्रममा गत वर्षको आधारभूत तह र एसइईमा उत्कृष्ट हुने विद्यार्थी र शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न संस्थाहरुद्वारा आयोजित क्रियाकलापमा उत्कृष्ट सत्र विद्याका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ । विद्यालय सञ्चालक समितिका कार्यवाहक अध्यक्ष रामबहादुर गाहाको अध्यक्षता, समयका डुम्रेको स्वागत, विद्यार्थी प्रियङ्का कुंवर र कृशला ढुङ्गानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।