Shittalpati
पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, आईतबार मात्र १ सय ९ जना निको भए

पाल्पा,जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । कोरोना संक्रमण कायमै रहे पनि निको हुनेको संख्यामा दैनिक रुपमा वृद्धि भएको हो ।

आइतबार मात्र जिल्लामा १ सय ९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ९ जना संक्रमितले कोरोना जितेको जनाइएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५५ महिला र ५४ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ५८, निस्दी गाउँपालिकाका ३१, माथागढी गाउँपालिकाका २, पूर्वखोला गाउँपालिका १, रैनादेवी छहरा गाउँपालिकाका ६, रम्भा गाउँपालिका ३, बगनासकाली गाउँपालिका ५, रिब्दीकोट गाउँपालिकाका २ र तिनाउ गाउँपालिकाका १ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ४ हजार २ सय ९५ पुगेको छ ।

२४ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १५ र एन्टिजेन परीक्षणमा ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ७७ जनामा पिसिआर परीक्षण गरिएकोमा माथागढीका ८, बगनासकाली,रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, तानसेनका १/१ र तिनाउका २ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ७ पुगेको छ । जसमा १ हजार ६ सय ५८ जना महिला र २ हजार ९ सय ४९ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ९ जना नयाँ संक्रमित देखिएका छन् । जसमा रामपुर नगरपालिकाका ३ जना महिला र ६ जना पुरुष रहेका छन् । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ हजार २९ जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार २ सय ५२ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार १ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् भने ५४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update