खत्री परिवारले गरे गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेर्स सहयोग
गुल्मी,तम्घासको जिल्ला अस्पताल लाइनमा होटल व्यवसाय गर्दै आएका गंगा बहादुर खत्री र मायादेवी खत्रीले गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेर्स हस्तान्तरण गरेका छन् । अमेरिकामा रहेकी उनको नातिनी बृन्दा एच श्रेष्ठ घलेको सहयोगमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिद गरि हस्तान्तरण गरेका हुन् ।
सौरारुख चारपालाका खत्री दम्पत्तीले आफुहरुद्वारा सञ्चालित होटल लाहुरे बाको भान्सा घरबाट गुल्मी अस्पताल र महेन्द्र माविमा रहेको आइसोलेशनका कोभिड–१९ का बिरामीहरुलाई दैनिक १२ बजेदेखि ३ बजेसम्म निःशुल्क खाजाको व्यवस्था समेत गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्