Shittalpati
लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार विजयी

दाङ,लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङमा भएको उपनिर्वानमा काँग्रेसका उम्मेदवार पाण्डेयले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई हराउदै विजयी भएका हुन् ।

विजयी पाण्डेलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो । पाण्डेयले ५ सय ४६ मतभार अन्तरले एमालेका उम्मेदवार खड्कालाई पछि पारेका हुन् । खड्कालाई एमाले,महन्त ठाकुर समूह लगायतकाको समर्थन रहेको थियो ।

विजयी पाण्डेय यसअघि प्रदेश सभा सदस्य थिए । एमालेबाट जितेका पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तहतर्फ २ हजार १ सय २४ मत भार र प्रदेशतर्फ मतभार २ हजार १६ प्राप्त गरेका छन् । खड्काले स्थानीय तह र प्रदेश तर्फ १ हजार ९ सय २० मतभार प्राप्त गरेका छन् । निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । २ मत बदर भएका छन् । निर्वाचनमा स्थानीय तहका प्रमुख,उपप्रमुखले मत हालेका थिए ।

 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update