Shittalpati
पाल्पा कोरोना अपडेट : सोमबार थप १ सय ८८ संक्रमितले कोरोना जिते

पाल्पा, जिल्लामा पछिल्ला दिनहरुमा कोरोना जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ कोरोना संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्यामा दैनिक रुपमा वृद्धि भएको हो ।

सोमबार मात्र जिल्लामा १ सय ८८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ८८ जना संक्रमितले कोरोना जितेको जनाइएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ८९ महिला र ९९ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ५५, माथागढी गाउँपालिकाका ३३, रामपुर नगरपालिकाका ८, निस्दी गाउँपालिकाका ७, पूर्वखोला गाउँपालिका ३, रैनादेवी छहरा गाउँपालिकाका १, बगनासकाली गाउँपालिका २६, रिब्दीकोट गाउँपालिकाका ३, तिनाउ गाउँपालिकाका ५२, जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ४ हजार ४ सय ८३ पुगेको छ ।

७१ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ३३ र एन्टिजेन परीक्षणमा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १ सय ५० जनामा पिसिआर परीक्षण गरिएकोमा माथागढीका १८, रम्भा १ र तानसेनका १४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ४० पुगेको छ । जसमा १ हजार ६ सय ७६ जना महिला र २ हजार ९ सय ६४ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ३८ जना नयाँ संक्रमित देखिएका छन् । १ सय ६ जनाको परीक्षण गरिएकोमा महिला २५ र पुरुष १३ जनामा संक्रमण देखिएको हो । जसमा रामपुरका ६, पूर्वखोला, तिनाउका १÷१, रैनादेवी छहराका ३, रम्भाका २, बगनासकालीका ५, रिब्दीकोटका ३ र तानसेनका १७ जना रहेका छन् । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ हजार ६७ जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार एक सय ३५ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ६८ जना होम आइसोलेसनमा रहेका छन् भने ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update