पत्रकार महासंघ पाल्पालाई स्वास्थ्य सामग्री
पाल्पा,नेपाल पत्रकार महासंघ पाल्पालाई अमेरीकामा रहेका नेपालीहरुको संस्था टेक्सस नेप्लीज मेडिकल एसोसियसनले पठाएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
टेक्सस नेप्लिज मेडिकल एसोसियसनले पठाएको तथा नेपाल मेडिकल एसोसियसनका वरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठ मार्फत प्राप्त स्वास्थ्य सुरक्षा सामग्री नेपाल पत्रकार महासघ पाल्पाका अध्यक्ष रेखिराम रानालाई तानसेन–६ का अध्यक्ष सागर मान महर्जनले हस्तान्तरण गरे । अध्यक्ष महर्जनले अन्य मुलुकमा रहेका प्रवासी नेपालीहरुसँग थप सहयोगका विषयमा समन्वय भईरहेको र थप सहयोग उपलब्ध गराउने बताए । महासंघका अध्यक्ष रानाले जनतालाई प्रत्यक्ष सूचना संप्रेषण गर्ने पत्रकारलाई प्राप्त सहयोगले राहत मिल्ने बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्