Shittalpati
स्वास्थ्य सामग्री लिएर कारागार पुगिन् महिला नेतृ पन्थी

पाल्पा,नेपाल महिला संघ पाल्पाकी उपाध्यक्ष,महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थी स्वास्थ्य सामग्री लिएर पाल्पा कारागार पुगेकी छन् । कोरोना संक्रमणका बेला जिल्लाका संक्रमितहरुलाई स्वास्थ्य सुरक्षा र पौष्टिक आहार सहयोग गर्दै आएकी पन्थी बुधबार स्वास्थ्य सुरक्षा सामग्री लिएर कारागार पुगेकी हुन् ।


उनले त्यहाँ रहेका ४५ जना महिला कैदीवन्दीहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकी छन् । नेतृ पन्थीले महिला कैदीबन्दीहरुका लागि सेनिटरी प्याड ,माक्स ,ग्लोबस ,सेनिटाइजर सहयोग गरेकी हुन् । उनले उक्त सहयोग सुरक्षा सामग्री कार्यालय प्रमुख भक्तिसरा रानालाई हस्तान्तरण गरेकी छन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पन्थीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्न र बचाउनका लागि केही भए पनि राहत मिलोस् भन्नका लागि सुरक्षा सामग्री वितरण गरिएको बताईन् । उनले आफु महिला भएकै कारण महिलाहरुले भोग्नुपर्ने समस्या र पिडालाई आफुले नजिकबाट नियालिरहेको भन्दै महिलाहरुको सुरक्षाका लागि पनि आफुले विशेष ध्यान दिएको बताईन् । सामग्री ग्रहण गर्दै कारागार प्रमुख भक्तिसरा रानाले महिला कैदीवन्दीहरुप्रति नेतृ पन्थीले देखाएको सहयोग र सद्भाव अत्यन्त प्रशंसनिय रहेको भन्दै धन्यवाद दिईन । सामग्री वितरण कार्यक्रमा नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे, पत्रकार माधव अर्यालय लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update