गुल्मी, जिल्लाको सदरमुकाम तम्घासमा रहेको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । रेसुङ्गा नगरपालिका ४ स्थायी घर भइ हाल इङ्ल्याण्डमा रहेकी सीता थापाले स्व.पति भोजेन्द्र बिक्रम थापा र स्व.छोरा राम थापाको सम्झनामा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अहोरात्र खटिएका सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि थापाले नेपाल पत्रकार महासंघ गुल्मी शाखा मार्फत स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उक्त सहयोग सुरक्षा सामग्री महासंघले अस्पतालका प्रमुख डा. उत्तम पच्यालाई हस्तान्तरण गरिएको छ । सेन्टाइजर ३ सय थान र एक हजार थान सर्जिकल ग्लोबस् उपलब्ध गराइएको छ ।
त्यस्तै सम्झना कार्कीले पनि स्व.भाई धनिराम थापाको सम्झनामा ३ हजार थान सर्जिकल मास्क अस्पतालाई उपलब्ध गराएकी छन् । रेसुङ्गा नगरपालिका २ का वडा अध्यक्ष उदय थापा, पत्रकार महासंघका जिल्ला अध्यक्ष टोपलाल अर्याल, उपाध्यक्ष रेशम कुँवर, पत्रकार शिव सुवेदी, समाजसेवी शेर बहादुर थापा,पार्वती थापा लगायतको उपस्थितिमा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो