Shittalpati
पाल्पा कोरोना अपडेट : विहीबार थप १ सय ५० संक्रमित कोरोनामुक्त, ९ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने, जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ विहीबार मात्र ९ जनामा संक्रमण पुष्टि हुँदा १ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ५० जना संक्रमित कोरोनामुक्त भएको जनाइएको छ ।

विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७३ महिला र ७७ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ४१, माथागढी गाउँपालिकाका ६, पूर्वखोला गाउँपालिका ८५, रैनादेवी छहरा गाउँपालिकाका ५, रम्भा गाउँपालिकाका २,बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकाका ४÷४, रिब्दीकोटका ३ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ४ हजार ८ सय ९० पुगेको छ ।

९ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ३ र एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । २५ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका १ महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ६१ पुगेको छ । जसमा १ हजार २ सय २४ जना महिला र ३ हजार ३७ जना पुरुष रहेका छन् ।

यस्तै एन्टिजेन परीक्षणमा ६ जना नयाँ संक्रमित देखिएका छन् । ९७ जनाको परीक्षण गरिएकोमा महिला ३ र पुरुष ३ जनामा संक्रमण देखिएको हो । जसमा रामपुरका ३ महिला र ३ पुरुष रहेका छन् । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ हजार १ सय ५५ जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ९ सय ३२ पुगेको छ । अहिलेसम्म जिल्लामा ८ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् भने ८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update