– मनबहादुर खत्री ‘मनु’
इस्मा–२, मैनडाँडा, गुल्मी
(रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मीका उपप्राध्यापक स्व. गुरु कुञ्जरमणी गौतम र अन्य दिवङगत आत्माहरू र उहाँका परिवारहरुमा समर्पित)
पुकार कत्ति नसुन्ने कस्तो रहेछ यो दैव
रोजेर लिन्छ असल गुणी यसले सदैव ।
प्राथना सुनी जीवन बुझी लैजान पर्दो हो
निधन आफ्नै हुनेभा दैव कसो पो गर्दो हो ?
अधुरा काम चलेका नाम देख्दैन यसले
बदली नीति फेरेर बेला लेख्दैन यसले
डुल्दछ सधै लुकेर हाम्रो अगाडि पछाडी
भन्दैन धनी गरीव कोही हान्दछ यो भाँडी
नसोध्छ इच्छा नबुच्छ हाम्रो मनको चाहना
टड्पाई लान्छ सुटुक्क कति बनाई बाहना
प्रवाह गर्ने यसले भए छोरा र छोरीको
दिएर जान्थ्यो जीवन दान उमेर भरीको
माता र पिता भए नि वृद्ध कोमल बन्दैन
सन्तान साना रहेछन् हुर्का भनेर भन्दैन
सुन्दैन पिडा देख्दैन आँशू निष्ठुरी यो काल
परे नि पाउ वर वा वधु छोड्दैन यो चाल
उठायो लाखौं हजार मणी कुञ्जर किरण
मानेन देव, पितृ र कुल परे नि शरण
भनन साथी कसरी जाला यो दैव भागेर
लिएर ज्यान रम्ने यो खेल यसले त्यागेर