पाल्पा,जिल्लामा पछिल्ला २४ घण्टामा थप ६४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६४ जना संक्रमित कोरोनामुक्त भएको जनाइएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३४ महिला र ३० जना पुरुषले कोरोना जितेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २०, माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिकाका २/२, रामपुर नगरपालिकाका २१, रैनादेवी छहरा गाउँपालिकाका ३, रम्भा गाउँपालिकाका १,बगनासकाली गाउँपालिका ५, तिनाउ गाउँपालिकाका ६, रिब्दीकोट गाउँपालिकाका ४ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ४ हजार ९ सय ५४ पुगेको छ ।
३३ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १८ र एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ६८ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका १६ र रैनादेवी छहराका २ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ७९ पुगेको छ । जसमा १ हजार ७ सय ३२ महिला र ३ हजार ४७ जना पुरुष रहेका छन् ।
यस्तै एन्टिजेन परीक्षणमा १५ जना नयाँ संक्रमित देखिएका छन् । ६२ जनाको परीक्षण गरिएकोमा महिला ८ र पुरुष ७ जनामा संक्रमण देखिएको हो । जसमा माथागढी, तिनाउका १/१, रामपुरका ९, बगनासकाली र तानसेनका २÷२ जना रहेका छन् । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ हजार १ सय ७० जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ९ सय १ पुगेको छ । अहिलेसम्म जिल्लामा ८ सय ३५ जना होम आइसोलेसनमा रहेका छन् भने ६६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।