Shittalpati
पाल्पामा शनिबार ८० संक्रमितले कोरोना जिते, ५० जनामा संक्रमण

पाल्पा,जिल्लामा पछिल्ला २४ घण्टामा थप ८० संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ८० जना संक्रमितले कोरोना जितेका हुन् ।

विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४१ महिला र ३९ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ११, माथागढी गाउँपालिकाका २२,पूर्वखोला गाउँपालिकाका ८, रामपुर नगरपालिका,बगनासकाली गाउँपालिका,रिब्दीकोट गाउँपालिका, निस्दी गाउँपालिकाका १/१, रैनादेवी छहरा गाउँपालिकाका ३, र तिनाउ गाउँपालिकाका ३२ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ३४ पुगेको छ ।

५० जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १ सय ५३ जनाको परीक्षण गरिएकोमा १८ जना महिला र ३२ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका २४, र रैनादेवी छहराका १८, रम्भाका७, बगनासकालीका १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको छ । जसमा १ हजार ७ सय ५० महिला र ३ हजार ७९ जना पुरुष रहेका छन् ।
जिल्लामा एन्टिजेन परीक्षणमा अहिलेसम्म १ हजार १ सय ७० जनामा संक्रमण देखिएको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय ७१ पुगेको छ । अहिलेसम्म जिल्लामा ८ सय ११ जना होम आइसोलेसनमा रहेका छन् भने ६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update