पाल्पा,जिल्लामा पछिल्ला २४ घण्टामा थप ६० कोरोना संक्रमित निकको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६० जना संक्रमित निको भएका हुन् ।
विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २२ महिला र ३८ जना पुरुष निको भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ३०, माथागढी गाउँपालिकाका ४, पूर्वखोला गाउँपालिकाका १, रैनादेवी छहरा गाउँपालिकाका ३, बगनासकाली गाउँपालिका १४, रिब्दीकोट गाउँपालिका ५, तिनाउ गाउँपालिकाका ३ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ९४ पुगेको छ ।
१ सय ५ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १ सय ८९ जनाको परीक्षण गरिएकोमा ८० जनामा संक्रमण देखिएको छ ।जसमा २६ जना महिला र ५६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका १४, माथागढीका ३४, रामपुरका ९, रैनादेवी छहराका ३, रम्भाका ५, बगनासकालीका २ , तिनाउका १२ र रिब्दीकोटका १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९ पुगेको छ । जसमा १ हजार ७ सय ७६ महिला र ३ हजार १ सय २३ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्ले २४ घण्टामा एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १९ जना महिला र ६ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामपुरका ७ र निस्दीका १८ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार १ सय ९५ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ९ सय १६ पुगेको छ । अहिलेसम्म जिल्लामा ८ सय ५३ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।