Shittalpati
पाल्पा अस्पतालमा रिफर लिनेको भिड

पाल्पा अस्पतालमा स्वास्थ्य बिमा गरेका सेवाग्राहीहरु रिफर कार्ड लिन लाईनमा । नेपाल सरकारले स्वास्थ्य बिमा गरेकाहरूका लागि पहिलो स्वास्थ्य परीक्षण केन्द्र जिल्ला अस्पाताललाई निर्धारण गरेपछि सेवाग्राही कोरोना महामारीमा जोखिम मोलेर उपचारका लागि रिफर कार्ड लिन बाध्य छन् । 

सरकारले आमजनताको आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ गर्ने गरी लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम रिफर कै कारण झन्झटीलो बनेको छ । सरकारले २०७७ फागुनको १ गतेबाट लागु हुने गरी सरकारी स्वास्थ्य संस्थाको रिफर अनिवार्य गराएका कारण विरामीले समस्या झेल्न बाध्य छन् –तस्बिरः जगदीश भट्टराई/शितलपाटी डटकम

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update