Shittalpati
पाल्पामा मंगलबार १ सय ६५ संक्रमित कोरोनामुक्त, १ सय ३० जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ६५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९१ जना महिला र ७४ जना पुरुष निको भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ४९, माथागढी गाउँपालिका, रामपुर नगरपालिकाका १/१, पूर्वखोला गाउँपालिकाका १६, रैनादेवी छहरा गाउँपालिकाका ३, बगनासकाली गाउँपालिकाका ४ रम्भा गाउँपालिका ३८, तिनाउ गाउँपालिकाका २०, रिब्दीकोट गाउँपालिकाका ४ रनिस्दी गाउँपालिकाका २९ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ३ सय ६५ पुगेको छ ।

१ सय ३० जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २ सय ३७ जनाको परीक्षण गरिएकोमा ९५ जनामा संक्रमण देखिएको छ । जसमा ४३ जना महिला र ५२ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका २३, माथागढीका ४९, रैनादेवी छहराका १०,रम्भाका २, बगनासकालीका ९, तिनाउ, रिब्दीकोटका १÷१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ६४ पुगेको छ । जसमा १ हजार ८ सय ४४ महिला र ३ हजार २ सय २१ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १४ जना महिला र २१ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार निस्दीका ३३ र बगनासकालीका २ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार २ सय ४२ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । अहिलेसम्म जिल्लामा ७ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update