पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा १५ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १५ जना संक्रमितले कोरोना जितेका हुन् ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र ६ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार माथागढी गाउँपालिका ८, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका,रिब्दीकोट गाउँपालिका,तानसेन नगरपालिकाका १÷१ जना र रम्भा गाउँपालिकाका २ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ५ सय ३५ पुगेको छ ।
६६ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ६६ जनाको परीक्षण गरिएकोमा ६६ जनामा संक्रमण देखिएको छ । जसमा ८ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेनका १४,माथागढी २, तिनाउका १, जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय २६ पुगेको छ । जसमा १ हजार ८ सय ६९ महिला र ३ हजार २ सय ५७ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३० जना महिला र १९ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामपुरका ५, रैनादेवी छहराका २, रम्भाका ४, बगनासकालीका १, निस्दीका ३४, तानसेनका ३ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ३ सय ४० पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय ३९ पुगेको छ । अहिलेसम्म जिल्लामा ७ सय ८५ जना होम आइसोलेसनमा रहेका छन् भने ५४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।