बाल श्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन संसारभर मनाइदै छ । सन् २०२५ सम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आह्वानमा सन् २००२ देखि यो दिवस मनाइने गरिएको हो । यसरी बालश्रम दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा मनाई रहँदा नेपालमा भने यो दिवसको औचित्य कति छ भन्ने प्रश्न खडा भएको छ । बालअधिकार र हकको विषयमा हामीले अनगिन्ती राष्ट्रिय अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएका छौ ।
बालबालीकाको अधिकारमा वकालत ग¥यौ, सभा भए, सम्मेलन गरिए । तर बालअधिकार र उनिहरुको अवस्था जहाँ थियो त्यहि नै छ । बालबालीकाले आफुले पाउनुपर्ने अधिकार पाउन सकेका छैनन् । उनिहरु सडकमा छन् । उनिहरु कन्टेनरमा फालिएका फोहोरमा भविष्य खोज्दै छन । सामाजिक सुरक्षाका सवालमा बालवालिकालाई जोडिन्छ । तर यस खाले सामाजिक सुरक्षाको मुद्दामा सरोकारवालाहरुको प्रयास कतिको सफल छ, उनिहरुको अभियानले कतिको सार्थकता पाउदै छ, त्यसबारेमा सबैले सोच्न पर्ने अवस्था आएको छ । बालअधिकारका बारेमा चर्का नारा दिनेहरु नै घरमा कलिला बालबच्चाहरुलाई काम लगाएर बालअधिकारका चर्का नारा मञ्चमा उभिएर दिईरहेका छन् । बालअधिकारका मुद्दालाई अघि सारेर सरकारी र गैह्रसरकारी रकममा रमाउने अधिकारकर्मीहरु पनि कमी छैनन् भन्दा पनि हुन्छ । सडक बालबालिका, बाल मजदुर, होटल तथा रेस्टुरेन्टका बालश्रमिक र सवारी साधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातना कमी आउन सकेको छैन । बालबालिकालाई शारीरिक र मानसिक असर पर्नेगरी दवाबमा कुनै पनि काम लगाउनु हुँदैन भनिए पनि व्यावहारिक रुपमा त्यो लागू हुन नसक्नु दुःखद् हो । राष्ट्रिय बालश्रम दिवस मनाइ रहदा लाखौको सख्यामा बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका छन । बालअधिकारको क्षेत्रमा समर्पित भएर लागेका संस्था हुँदै नभएका भने होइन । तर यहाँ राम्राभन्दा नराम्रोको नै बढी बोलवाला देखिने गरेको छ । बालबालिकाको दुःख र उनीहरुको अवस्था हाम्रा कतिपय समाजसेवीको लागि दुहुनो गाई भएका छन् । तसर्थ यस खाले प्रवृतिको अन्त नभएसम्म दिवस मनाईरहनुको सार्थकता छैन ।