Shittalpati
वर्षाका कारण गुल्मी इस्माका दुई घर भत्किए

गुल्मी, लगातकारको वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् । गाउँपालिका–५ मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए । घरका अन्य सदस्यहरु भने सकुशल रहेका छन् । उनीहरुको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यको नेतृत्वको टोलीले उद्दार गरेको हो ।

त्यस्तै इस्मा –१ उजुङ्गका छत्रबाहदुर पछाईको घर पनि पहिरोले भत्किएको छ । माथिबाट पहिरो सहित खसेको ठूलो ढुंगाले घरमा पूर्ण रुपमा क्षति पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ । लगातार वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरु अवरुद्ध भएका छन्, भने बस्तीहरुमा पनि क्षति पुगेको जनाइएको छ । क्षतिको विवरण भने अझै आएको छैन् ।

 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update