पाल्पा,जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १३ जना महिला र २२ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ९, बगनासकाली गाउँपालिकाका २१,रामपुर नगरपालिकाका २, माथागढी गाउँपालिका १०, रम्भा गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका १/१ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ७ सय ९२ पुगेको छ ।
३७ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १८ र एन्टिजेन परीक्षणमा १९ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ६९ जनाको परीक्षण गरिएकोमा १८ जनामा संक्रमण देखिएको हो । जसमा ८ जना महिला र १० जना पुरुष रहेका छन् । तानसेनका ४,तिनाउका ११, रामपुर, पूर्वखोला, बगनासकालीका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ९३ पुगेको छ । जसमा १ हजार ८ सय ९६ महिला र ३ हजार २ सय ९७ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा माथागढी, रामपुर, पूर्वखोला, रैनादेवी छहरा, तिनाउका १/१, बगनासकालीका ४ तानसेनका १० जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ३ सय ९९ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा थप दुई जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्याद १ सय पुगेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ७ सय छ । अहिलेसम्म जिल्लामा ६ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने ५४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।