पाल्पा, निरन्तर वर्षाका कारण पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै माथिबाट खसेको पहिरोले सडक नै बगाएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
डुम्रे खोलाको बहाव बढेको र माथिबाट खसेको पहिरोले सडक नै बगाएको छ । मंगलबार खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ । अविरल वर्षा भइरहेकाले सडक बनाउने काममा समस्या उत्पन्न भएको छ ।
मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र परेका छन् । तिनाउ खोलामा बाढीले सतह पार गरेको छ खोलामा आएको बाढीले दायााँबायाँ भागमा कटान गर्दा खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ ।
।