Shittalpati
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड खुल्यो

पाल्पा, अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बन्न पुगेको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ । गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै सडकमा पहिरो हटाएपछि विहिबार दिउँसोदेखि खुलेको हो । उक्त सडक खण्ड एकतर्फी रुपमा मात्र सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँको ५० मिटर सडक क्षेत्र पहिरोले बगाएको थियो ।

अविरल वर्षासँगै खसेको पहिरोले सडक बगाएपछि यातायात सेवा अवरुद्ध हुन पुगेको थियो । बाटो एकतर्फी खेलेसँगै तीन दिनदेखि रोकिएका सयौं मालवाहक ट्रक,एमवुलेन्स लगायतका सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् । पानी निरन्तर परिरहेको र पहिरोले बाटो नै बगाएपछि नियमित रुपमा बाटो सञ्चालनमा ल्याउन समस्या भएको थियो । प्रहरी र सडक डिभिजन कार्यालयसँगको समन्वयमा सडक एकतर्फी खुलेको प्रहरीले जनाएको छ । बाटो दिउँसो पौने तीनबजेदेखि सुचारु भएको हो ।

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update