पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा ५३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमितले कोरोना जितेका हुन् ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र ३३ जना पुरुषले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २२, रैनादेवी छहरा गाउँपालिकाका १८, रम्भा गाउँपालिका ७,निस्दी गाउँपालिकाका ३ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ५ हजार ८ सय ७४ पुगेको छ ।
१४ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १ र एन्टिजेन परीक्षणमा १३ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ७ जनाको परीक्षण गरिएकोमा पूर्वखोलाका १ जना पुरुषमा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार १ सय ९४ पुगेको छ । जसमा १ हजार ८ सय ९६ महिला र ३ हजार २ सय ९८ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । रामपुरका ११, रैनादेवी छहरा र रिब्दीकोटका १/१जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ४ सय ४९ पुगेको छ । यहाँ अहिलेसम्म १ सय जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ६ सय ६९ छ । अहिलेसम्म जिल्लामा ६ सय १४ जना होम आइसोलेसनमा रहेका छन् भने ५५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।