गुल्मी गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका –६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय माता पशुपति कुँवरको सम्झनामा जिल्ला कारागारका कैदीहरुलाई खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनले एक औपचारिक कार्यक्रमका बिच खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
कुंवरले ५ सय पिस सर्जिकल मास्क,५ लिटर सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । त्यस्तै कैदीहरु स्वस्थ र निरोगी बन्न सकुन भन्ने हेतुका साथ व्याटमिन्टन ४ थान, लुडो खेल सेट ४, चेस १ सेट, व्याटमिन्टन कक १ रोल, भलिबल १ पिस, बल भर्ने पम्प १ सेट लगाएतका सामग्री हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष रेशम कुँवरले बताए ।
उक्त सामग्रीहरु नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण गर्दै सभापति श्रेष्ठले कोरोना भाइरसका कारण विश्व नै आक्रन्त भइरहेको यस दुःखद घडीमा कसैको पनि नजर जान नसकेको समयमा जिल्ला कारागारका बन्दीलाई विदेशमा भए पनि सम्झिएर पुण्य काम गरेकोमा सहयोगी दाता कुंवरलाई धन्यवाद दिए । त्यस्तै बन्दीलाई स्वास्थ्य करागारका बन्दी (नाइके) यमबहादुर सुर्यवंसीले रामचन्द्र कुँवर र हस्तान्तरण गर्ने नेपाली कांग्रेसलाई धन्यवाद दिए । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस उप–सभापति बिष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुँवर, सह–सचिव तेजेन्द्र श्रेष्ठ, नेपाल प्रेस युनियनका जिल्ला सचिव रमेश विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।