Shittalpati
नैतिक शिक्षा आजको आवश्यकता

आज मानिस नैतिकता विहिन भएको छ । ढाँट, छल, कपट, चोरी डकैतीमा मानिस बढी तल्लिन हुन थालेको छ । मानिसले नैतिकता भन्ने कुरा नै भुलेको छ । कुनै पनि सभ्य नागरिकको पहिचान भनेको नैतिकता पनि हो । तर आज त्यही नैतिकता विहीन अवस्थामा मानव समुदाय पुग्न लागेको होकी भन्ने आंकश कतै भेटन पाइन्छ । त्यसैले पनि नैतिक शिक्षा आजको आवश्यकता जस्तै भएको छ । नैतिक शिक्षा प्राप्त गर्ने थलो विद्यालय र घरपरिवार हो ।
तर पनि त्यहाँ नैतिकताको नै अभाव खड्किएको जस्तो देखिन्छ । विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ तर त्यही मन्दिर भित्र गैर जिम्मेबार, कमिसन, भ्रष्टाचार, ढिलासुस्ति, कामचोर प्रवृत्ति, अराजकता, नातावादकृपावाद, पार्टीबाद, परिवारवाद, व्यक्तिवाद, जातीवाद र अतिवाद समेतको अखडा बनाइएको छ । यो अत्यन्त दुखद् हो । छोराछोरीको भविष्य उज्वल बनाउनु नै आजका आमाबाबुको पहिलो सपना हो । यो प्राप्तिका लागि उनीहरूले धेरै कठिनभन्दा कठिन कामलाई पनि सहर्ष स्वीकार गरेका हुन्छन् । हाम्रो वर्तमान शिक्षाप्रणालीले कारिन्दाभन्दा ठालु र बाबु–साहेव उत्पादन गरिरहेको छ । हाम्रोजस्तो विकासोन्मुख देशमा डिग्री पास गरेको भोलि पल्टैदेखि उसले आफ्नै खुट्टामा उभिएर काम गर्नसक्ने हुनुपर्ने हो । प्राविधिक–व्यावहारिक ज्ञानवाला शिक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । यसप्रकारको शिक्षामा सीप र दक्षतालाई नै बढी जोड दिइएको हुन्छ । तर हाम्रो शिक्षाले सामाजिक संस्कार, त्यसको मर्म र भावनासँग मेल खाएको देखिदैन । पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन । व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन । असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ । तर आजको हाम्रो शिक्षाले त्यो गरेको देखिदैन । पहिले पहिले शिक्षामा व्यक्तिको नैतिक मूल्य–मान्यता, इमान्दारिता, सहिष्णुता र कर्तव्यजस्ता विषयलाई प्राथमिकतामा राखिन्थ्यो । यसर्थ पहिलेका बहुसंख्यक मानिस तेजिला, कर्तव्यपरायण, नैतिकवान र इमान्दार हुने गर्दथे । तर आजको शिक्षा प्रणालीको परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यमा जोड्नेतर्पm ध्यान गएको देखिँदैन । नैतिक शिक्षाको अभावकै कारण देशमा अहिले गुण्डागर्दी, तोडफोड, प्राकृतिक सम्पदाहरूको अवैज्ञानिक दोहन र संस्थागत भ्रष्टाचार फस्टाउँदै आएको छ । नैतिक शिक्षा कमजोर भएको अवस्थामा स्वच्छ परिवार, स्वच्छ समाज र स्वच्छ देशको परिकल्पना नै गर्न सकिँदैन । तसर्थ सभ्य, सु–संस्कृत र समृद्ध समाज र देश निर्माणका लागि नैतिक शिक्षामा जोड दिनु आजको आवश्यकता हो ।

प्रकाशित मिति: आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update