पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा ५३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र ३३ जना पुरुषले कोरोना जितेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ३, रामपुर नगरपालिकाका ९, रैनादेवी छहरा गाउँपालिकाका १, बगनासकाली गाउँपालिका २, निस्दी गाउँपालिकाका ३८ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार १ सय २२ पुगेको छ ।
९ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २ र एन्टिजेन परीक्षणमा ७ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १४ जनाको परीक्षण गरिएकोमा तानसेनका १ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय १ पुगेको छ । जसमा १ हजार ९ सय १ महिला र ३ हजार ३ सय जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । १९ जनामा परीक्षण गरिएकोमा रामपुरका ५ र रिब्दीकोटका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ५ सय पुगेको छ । यहाँ अहिलेसम्म १ सय २ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ७७ छ । अहिलेसम्म जिल्लामा ४ सय ३० जना होम आइसोलेसनमा रहेका छन् भने ४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।