Shittalpati
लुम्बिनी प्रदेशलाई बजेट पास गर्न सकस

रामचन्द्र रायमाझी
बुटवल, जेठ ३० गते बहुमतले नीति तथा कार्यक्रम पारित गरेको लुम्बिनी प्रदेश सरकारलाई अहिले बजेट पास गर्न सकस परेको छ । विपक्षी गठबन्धनको अवरोधका कारण प्रदेश सरकारलाई बजेट पारित गर्न सकस परेको हो ।

असार १ गते प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो । बजेटमाथि आइतबारदेखि प्रदेश सभामा छलफलका लागि कार्यसूची तय भए पनि बैठकको सुरुमै विपक्षी गठबन्धनले बैंठक नै बहिस्कार गरेपछि बजेट पास गर्न चुनौती देखिएको हो । बैंठकको प्रारम्भमै नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले बोलेपछि विपक्षी दलले बंैठक बहिष्कार गरेका थिए । अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बंैठक बहिस्कार गरेका हुन् । अल्पमतमा परेको प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएपछि विपक्षी गठबन्धनले सुरु देखि नै असन्तुष्टी जनाउदै आएको छ ।

आइतबारको बैठकमा विपक्षी दल नेपाली काँग्रेसका सांसद कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताएका थिए । त्यसपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट हिँडेका हुन् । नेता कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटमा छलफल हुन नसक्ने र त्यस्तो बजेटको स्वामित्व प्रदेश सभाले पनि लिन नसक्ने बताएका थिए । उनले भने, ‘सरकारले वैधानिकता प्रमाणित गरोस्, हामी बजेटमाथि छलफल गर्न तयार छौं ।’

आय व्ययको छलफल भएपछि आइतबार नै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो । तर प्रतिपक्षले दलका सांसदहरुले सरकारको वैधता र बजेट विनियोजन प्रक्रियाप्रति आपत्ति जनाउदै आए पछि बजेट पारित गर्न प्रदेश सरकारलाई सकस देखिएको हो । प्रतिपक्ष दलहरुले राजीतिक रुपमा सरकारको वैधताको टुंगो नलाग्दासम्म सदन चल्न नदिने बताएका छन् । स्थगित भएको बैठक सूचना टासेर बुधबारसम्मका लागि स्थगित भएको छ । यस अघि नीति कार्यक्रम र बजेट जनताको आवश्यकताको विषय भएकाले पारित गर्न सरकारलाई सहयोग गरेको बताएको प्रतिपक्ष दलले बजेटमा भने छलफल नै नगरी बैठक बहिष्कार गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update