Shittalpati
पाल्पा कोरोना अपडेट :  सोमबार १ सय ४८ जना संक्रमितले कोरोना जिते

पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ४८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ४८ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७२ जना महिला र ७६ जना पुरुषले कोरोना जितेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ४४,माथागढी गाउँपालिकाका ५०, रामपुर नगरपालिका, रिब्दीकोट गाउँपालिकाका १/१,रैनादेवी छहरा गाउँपालिकाका ११,बगनासकाली गाउँपालिका १३, तिनाउ गाउँपालिकाका ३, निस्दी गाउँपालिकाका २३ जना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार २ सय ७० पुगेको छ ।

२४ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २० र एन्टिजेन परीक्षणमा ४ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ६४ जनाको परीक्षण गरिएकोमा तानसेनका १०, रामपुर, पूर्वखोला, रिब्दीकोटका १÷१, रैनादेवी छहराका ७ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय २१ पुगेको छ । जसमा १ हजार ९ सय ८ महिला र ३ हजार ३ सय १३ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको छ । १८ जनामा परीक्षण गरिएकोमा रामपुरका ३ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ५ सय ४ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ३ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ५२ छ । अहिलेसम्म जिल्लामा ३ सय ७ जना होम आइसोलेसनमा रहेका छन् भने ४५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update