पाल्पा, जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १७ जना महिला र १८ जना पुरुषले कोरोना जितेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १०, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका,तिनाउ गाउँपालिकाका १/१, रामपुर नगरपालिकाका ७, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका २/२, बगनासकाली गाउँपालिका ८, निस्दी गाउँपालिकाका ३ जना संक्रमित कोरोनामुक्त भएको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ३ सय ५ पुगेको छ ।
७१ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५ र एन्टिजेन परीक्षणमा ६६ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १६ जनाको परीक्षण गरिएकोमा तानसेनका ४ र रिब्दीकोटका १ जनामा संक्रमण देखिएको हो ।
यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय २६ पुगेको छ । जसमा १ हजार ९ सय ८ महिला र ३ हजार ३ सय १८ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । २ सय ५९ जनामा परीक्षण गरिएकोमा माथागढीका २, रामपुरका ५, पूर्वखोलाका ४, रैनादेवी छहराका १, बगनासकालीका ६, रिब्दीकोटका ४, निदीका ३१, तानसेनका १३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ५ सय ७० पुगेको छ । यहाँ अहिलेसम्म १ सय ४ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ८७ छ । अहिलेसम्म जिल्लामा ३ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।